काठमाडौँ । भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणमा नेकपा (माओवादी केन्द्र) का नेताहरू साउन ७ गते भारत भ्रमणमा जाने भएको छ । नेकपा माओवादी केन्द्रका उपमहासचिव पम्फा भुसालको नेतृत्वमा पाँच सदस्य टोली भारत जाने भएको छ । टोलीमा भुसालसँगै माओवादी केन्द्रका सचिव चक्रपाणि खनाल, स्थायी समिति सदस्य सत्य पहाडी, केन्द्रीय सदस्यहरू रामेश्वर राय यादव र सुरेशकुमार राई रहेका छन् ।
माओवादी केन्द्रका एक नेताका अनुसार छ दिनसम्म हुने सो भ्रमणको क्रममा भारतका दिल्ली लगायत विभिन्न सहरको अवलोकन गर्ने बताइएको छ । भ्रमणको क्रममा भाजपाका शीर्ष नेताहरूसँग भेटघाट तथा अन्तरक्रिया हुने बताइएको छ । यद्यपि को कोसँग भेटघाट हुने भनी कार्यतालिका बनेको छैन ।
विभिन्न देशका राजनीतिक दलका नेताहरूलाई भाजपाले बोलाएर आफ्नो पार्टीको गतिविधि बारे जानकारी गराउँदै आएका छन् । सोही क्रममा माओवादी नेताहरूलाई निमन्त्रण दिएर बोलाएको हो ।
यसअघि भाजपाका निमन्त्रणामा नै माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २०७९ असार ३१ गते भारत भ्रमण गरेका थिए । त्यसअघि २०७८ असोज २१ गते नेपाल काँग्रेसका नेता एवं वर्तमान अर्थमन्त्री डा.प्रकाशरण महतको नृत्वमा एक टोली भारत भ्रमणमा गएको थियो । तीन सदस्यीय प्रतिनिधि मण्डलमा नेता महतसहित अजय चौरासिया र उदय शमशेर जबरा थिए ।
ती नेताहरू दिल्ली, लखनउ तथा बनारसको भ्रमण गरी भाजपालगायत विभिन्न शीर्ष नेताहरूसँग छलफल गरेर फर्केका थिए । त्यसपछि चैतमा भारत भ्रमणमा गएका काँग्रेसका सभापति एवं तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा सुरुमै भाजपाको हेडक्वार्टर पुगेका थिए । त्यतिबेला सभापति देउवाको आलोचना पनि भएको थियो । सरकारी भ्रमणमा गएका देउवा भाजपाको हेडक्वार्टर जान नहुने टिप्पणी भएको थियो ।
यसअघि दलका नेताहरूलाई चिनियाँ कम्युनिस्ट पार्टीले निमन्त्रण गरेर चीनको भ्रमण गराउने गर्थ्यो । पछिल्लो समय त्यसको सिको भाजपाले पनि गरेको छ । भाजपाको विदेश विभाग प्रमुखमा डा.विजय चौथाईवाला आएपछि दुई देशको दलहरूको बीचमा सम्बन्ध बनाउन यस्ता भ्रमणको सुरुवात भएको हो । औपचारिक रूपमा माओवादी र काँग्रेसलाई भारतको भ्रमण गराइसकेको छ ।
तर हालसम्म एमालेलाई भ्रमण गराएको छैन । पार्टीका महासचिव विष्णु पौडेलको निमन्त्रणामा चौथाईवालाले दुई वर्षअघि नेपालको भ्रमण गरिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३१ असार २०८०, १२ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ पार्टीबिच आज एकता घोषणा
माओवादी केन्द्रसँग एकताको विपक्षमा खुले झलनाथसहित १४ जना नेता, अरु को-को छन् ?
माओवादी केन्द्रका सचिव गणेश साहले गरे पार्टी त्यागेको घोषणा
माओवादीभित्र जेनजी रेड टास्क फोर्स गठन, ‘प्रचण्ड’लाई थप एक कार्यकाल अध्यक्ष बनाउने
संसद् विघटनप्रति गम्भीर असहमति छ : माओवादी केन्द्र
माओवादी केन्द्रले शनिबारदेखि मध्यपहाडी लोकमार्ग अभियान पुन: सुरु गर्दै