काठमाडौँ । राष्ट्रिय सभा बैठक आज पनि बस्दै छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजेका लागि बैठक बोलाइएको छ ।
सङ्घीय संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा विनियोजन विधेयक २०८० निणयार्थ प्रस्तुत गरिनेछ ।
त्यसअघि आजको बैठकमा विनियोजन विधेयक माथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यक्रम तय भएको छ भने आजै खर्च कटौती सम्बन्धी प्रस्तावलाई बैठकमा निर्णयार्थ प्रस्तुत गरिने कार्यतालिका तय भएको छ ।
त्यसपछि अर्थमन्त्री प्रकाशशरण महतले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८० लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको सङ्घीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले जारी गरेको कार्यतालिकामा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २७ असार २०८०, ०६ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रियसभा अन्तर्गतका दुईवटा समितिको बैठक बस्दै
छठले राष्ट्रिय एकता मजबुत बनाउन विशिष्ट भूमिका खेल्छ: राष्ट्रियसभा अध्यक्ष दाहाल
राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
राष्ट्रियसभाको बैठक आज बस्दै
राष्ट्रियसभा बैठक आज, पाँच कार्यसूचीमा छलफल
आज राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची