राष्ट्रियसभा बैठकमा विमला राईको प्रश्न–नेपालको बजेट दिल्लीबाटै पास हुन लागेको त होइन ?

सफल खबर संवाददाता

मंगलबार, २६ असार २०८०, १३ : ०७
राष्ट्रियसभा बैठकमा विमला राईको प्रश्न–नेपालको बजेट दिल्लीबाटै पास हुन लागेको त होइन ?

काठमाडौँ ।  राष्ट्रिय सभा सदस्य डा.विमला राई पौड्यालले आगामी आर्थिक वर्षको बजेट दिल्लीबाटै पास हुन लागेको हो ? भन्दै प्रश्न गरेकी छिन् ।आज राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री बनाउनका लागि व्यापारीहरू दिल्ली दौडाहामा गएको कुरा उल्लेख गरेको भन्दै बजेट कार्यक्रम पनि त्यतैबाट पास गर्न लागिएको हो भन्दै प्रश्न गरिन् ।

उनले असमान बजेट आउनुको कारणबारे संसद् र जनतालाई जानकारी दिन आग्रह गरिन् । छिमेकी देशसँगको नेपालको सम्बन्ध असमान हुँदै गइरहेका उनले बताइन् । राष्ट्रिय सभा सदस्य राईले असंलग्न परराष्ट्र नीति छोडेको हो भन्दै सरकारसँग जवाफ पनि माग गरेकी छिन् । 

प्रतिक्रिया दिनुहोस