काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो अभिव्यक्तिबारे प्रश्न उठेपछि आफूले स्पष्टीकरण दिन खोजे पनि नपाएको बताएका छन् ।
सोमबार प्रतिनिधिसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो अभिव्यक्तिमा प्रश्न उठेपछि प्रस्ट पार्न खोजेपनि सदन अवरुद्ध गरेर मौका नदिएको बताए । ‘गम्भीर प्रश्न उठेपछि मैले पहिला बोल्ने अवसर माग गरको थिएँ । म त सुरु देखि स्पस्ट पार्न तयार भएको थिएँ , तर किन संसद अवरुद्ध गर्नुभयो ?’, प्रचण्डले भने, ‘स्पष्टीकरणको मौका पनि नदिई राजीनामा माग्ने ? के त्यही हो
संसदीय अभ्यास ?’ उनले आफ्नो अभिव्यक्तिबारे जे हो त्यही भन्न रोष्टममा खडा भएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २५ असार २०८०, १६ : ४५
लेखकबाट थप