राष्ट्रपति र उपराष्ट्रपतिले गलत कार्यको विरोध गर्न सक्नुपर्छ: सांसद सुवाल

सफल खबर संवाददाता

आइतबार, १० असार २०८०, ११ : ४०
राष्ट्रपति र उपराष्ट्रपतिले गलत कार्यको विरोध गर्न सक्नुपर्छ: सांसद सुवाल

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद एवं केन्द्रीय सचिव प्रेम सुवालले संविधानले दिँदैन भनेर राष्ट्रपति र उपराष्ट्रपति चुप लागेर बस्न नमिल्ने बताएका छन् ।

आइतबारको प्रतिनिधिसभाको बैठकमा उपराष्ट्रपति कार्यालयको खर्च कटौती प्रस्ताव सम्बन्धी विषयमा आफ्ना धारणा राख्नेक्रममा सांसद सुवालले राष्ट्रपति र उपराष्ट्रपति खोपाका मूर्ति नभएको भन्दै सरकारको गलत कार्यको विरोध गर्नुपर्ने बताए ।

उनले भने ‘राष्ट्रपति र उपराष्ट्रपति खोपाका मूर्ति होईनन् संसद्‌‌लाई छलेर पेस भएका नागरिता विधेयक तथा अन्य प्रस्तावलाई ठाडै अस्वीकार गर्न सक्नुपर्छ, विधेयक संसद्‌बाट पास गरेर ल्याउनु, मलाई अनुरोध गर्ने होइन भनेर भन्न सक्नुपर्छ ’।

आफूलाई उम्मेदवार बनाउने पार्टीका नेताको भनाइमा लागेर राष्ट्रपति र उपराष्ट्रपतिले सरकारी कार्यालय र निवासलाई कार्यकर्ता भेटघाटको थलो बनाएकोमा पनि उनले आपत्ति जनाए। आफ्नो पार्टीको कार्यकर्ता भेला गर्ने थलो होइन सरकारी कार्यालय र निवास, उनले भने भोलि पार्टीमै जानुपर्छ भनेर कार्यकर्तालाई जनतताको पैसाले चिया खुवाउन पाइन्छ ? त्यसरी हुँदैन । उनले भने ।

प्रतिक्रिया दिनुहोस