ताप्लेजुङ । बुधबार बेलुकादेखिको वर्षा र काबेली नदीमा आएको बाढीले ताप्लेजुङको सिरिजंगा गाउँपालिका-८ याम्फुदिनको थुङगिम बस्ती जोखिममा परेको छ ।
काबेली नदीमा आएको बाढीले जगतबहादुर राईको घर पुरेको छ भने कञ्चनजंघा माध्यमिक विद्यालय, याम्फुदिन प्रहरी चौकी, कञ्चनजंघा संरक्षण क्षेत्र, स्वास्थ्य चौकिको भवन जोखिममा परेका छन् ।
विद्यालय र प्रहरी चौकी नजिकै खोलाले कटान गरिरहेकोले बिहानदेखि स्थानीयले विद्यालयको सामान सारिरहेको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का सदस्य सचिव मनकुमार राईले बताए ।
थुङगिम बस्ती क्षेत्रमा रहेका तारामान गुरुङ, अशोक गुरुङ, मणिकुमार राई, तार्सदिप गुरुङ, रामकुमार राई, सोमबहादुर राईका घर जोखिममा रहेको स्थानीयले बताएका छन् ।
बिहीबार बेलुका यो क्षेत्रमा सामान्य वर्षा भए पनि राति १० बजेको समयमा खोलामा आएको बाढीले क्षति पुर्याएको परिषद् सदस्य राईले जानकारी दिए । बाढीले सुरुमखिम–खेवाङ–याम्फुदिन जोड्ने मोटरेबल पुल भत्काएको हो । गत जेठ महिनामा उद्घाटन गरिएको पुलको एकापट्टिको पिलरसहितको भाग भत्काएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०१ असार २०८०, ११ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुनेको संख्या ८११ पुग्यो
श्रीलंकामा बाढीबाट भएको क्षतिप्रति नेपालद्वारा दुःख व्यक्त, २ लाख अमेरिकी डलर सहयोग
श्रीलंकामा भीषण बाढी–पहिरो : १२३ जनाको मृत्यु, १३० जना बेपत्ता
थाइल्यान्ड र मलेसियामा भीषण बाढी : ३० भन्दा बढीको मृत्यु, हजारौँ विस्थापित
आज यी नदीहरूमा आकस्मिक बाढीको जोखिम उच्च
बाढी पूर्वानुमान: मुख्य नदीहरुमा पानीको सतह बढ्ने, स-साना नदीमा आकस्मिक बाढीको जोखिम