नेपाल र मलेसियाबीच महिला टि–२० क्रिकेट श्रृंखलाको चौथो खेल जारी

सफल खबर संवाददाता

शनिबार, २० जेठ २०८०, ११ : ००
नेपाल र मलेसियाबीच महिला टि–२० क्रिकेट श्रृंखलाको चौथो खेल जारी

काठमाडौं । महिला टि–२० क्रिकेट श्रृंखला अन्तर्गत नेपाल र मलेसियाबीचको चौथो खेल जारी छ । खेल शनिबार नेपाली समय अनुसार बिहान पौने ९ बजेदेखि मलेसियाको बांगीमा सुरु भएको हो । टस जितेर नेपालले पहिला ब्याटिङ गर्दैछ ।

पाँच खेलको श्रृंखलामा नेपाल २–१ ले अगाडि छ । शनिबारको खेल जितेमा नेपालले श्रृंखला जित्नेछ । पहिलो खेलमा नेपाल ५ विकेटले पराजित भएको थियो । दोस्रो र तेस्रो खेल भने नेपालले आफ्नो पक्षमा पारेको थियो ।

नेपाल दोस्रो खेलमा ७ विकेट र तेस्रो खेलमा २७ रनले विजयी भएको थियो । श्रृंखलाको पाँचौ तथा अन्तिम खेल आइतबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस