अन्तर्राष्ट्रिय कार्यशालामा सहभागी हुन उपसभामुख सिंगापुर जाँदै

सफल खबर संवाददाता

शनिबार, ३० बैशाख २०८०, २१ : २०
अन्तर्राष्ट्रिय कार्यशालामा सहभागी हुन उपसभामुख सिंगापुर जाँदै

काठमाडौं ।  वर्ल्ड ट्रेड अर्गनाइजेशन र एस राजरत्नम स्कूल अफ इन्टरनेशनल स्टडिज सिंगापुरको आयोजनामा  हुन हुने आरएसआईएस–डब्लुटीओ पार्लियामेन्टेरियन वर्कशप अफ इन्टरनेशनल ट्रेड २०२३ मा सहभागिताका लागि प्रतिनिधि सभाको प्रतिनिधित्व गर्दै उपसभामुख इन्दिरा रानामगर आज सिंगापुर जान लागेकी छन्। 

मे १५ देखि १७ सम्म सिंगापुरमा सञ्चालन हुने उक्त कार्यशालामा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलका साथ उपसभामुख राना आज राति ११ बजे सिंगापुर एअरलाइन्सको एसजी ४४१ उडानबाट सिंगापुर जान लागेकी हुन्। 

प्रतिनिधि मण्डलमा संघीय सांसद अम्मरबहादुर रायमाझी र विनोदकुमार चौधरी समावेश छन्। उक्त कार्यशालामा प्रतिनिधिमण्डलले ‘विश्व व्यापार संगठनले काम कसरी गर्छ? विश्व व्यापारका विविध पक्षहरु, डिजिटल इकोनमी एण्ड ट्रेड, साना तथा विकासशील देशको नेेतृत्व’ लगायतका सत्रहरुमा सहभागिता जनाउने छ।

उक्त टोली औपचारिक भ्रमण सम्पन्न गरी जेठ ४ गते राति १० बजेर १० मिनेटमा नेपाल आइपुग्ने कार्यतालिका रहेको छ।

प्रतिक्रिया दिनुहोस