काठमाडौँ । नवनियुक्त परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले छिमेकी मुलुकसँग घनिष्ठ सम्बन्ध बनाउँदै लैजाने बताएका छन् ।
मन्त्रालयमा आज पदभार सम्हाल्दै उनले नेपाल शान्तिपूर्ण मुुलुक रहेको र विश्वका सबै देशसँग इतिहासदेखि नै सौहार्द्र र शान्तिपूर्ण सम्बन्ध रहँदै आएको उल्लेख गरे । मन्त्री साउदले भनने, “हामीले आगामी दिनमा पनि विश्वका सबै देश र छिमेकीसँग सम्बन्ध घनिष्ठ बनाउँदै लैजानेछौँ ।” यसले नेपाल विश्वमा शान्तिपूर्ण र लोकतान्त्रिक मुलुकका रूपमा चिनाउने उनले विश्वास व्यक्त गरे ।
आजै मन्त्रीमा नियुक्त उहाँलाई यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गराएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०३ बैशाख २०८०, १८ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुदूरपश्चिम सम्भावनाको भरिपूर्ण क्षेत्र भएपनि बजेटको अभावले समस्या भयो : मन्त्री साउद
नेपालको नक्सा विवाद कूटनैतिक संवादले सुल्झाए मात्रै सुल्झीन्छ : मन्त्री साउद
प्रधानमन्त्रीको भारत भ्रमणमा पूर्ण कार्यान्वयन हुने सम्झौता मात्र गर्छौं : मन्त्री साउद
रोजगारी सिर्जना गर्ने शिक्षा आजको आवश्यकताः मन्त्री साउद
मन्त्री साउद बिहीबार बेलायत जाने
विकासका लागि पार्टी हितभन्दा साझा रुपमा अघि बढ्औँ : मन्त्री साउँद