आरआर क्याम्पस प्रमुखविरुद्ध अवहेलनाको मुद्दा

सफल खबर संवाददाता

आइतबार, ०३ बैशाख २०८०, १६ : ४२
आरआर क्याम्पस प्रमुखविरुद्ध अवहेलनाको मुद्दा

काठमाडौं । रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसका प्रमुखविरुद्ध अदालतको अवहेलनाविरुद्धको मुद्दा परेको छ । तत्कालीन स्ववियु निर्वाचन गराउनु भनी उच्च अदालतले १४ चैतमा आन्तरिक आदेश जारी गरेको थियो । तर, अहिलेसम्म स्ववियु निर्वाचन नगराएको भन्दै अनेरास्ववियुको तर्फबाट स्ववियु सभापतिका उम्मेदवार बनेका मदन भण्डारीले उच्चमा अवहेलनाको मुद्दा हालेका थिए ।

त्यसमा ७ दिनभित्रमा लिखित जवाफ पेस गर्न भनेको छ । अन्तरिम आदेश जारी गरेको १५ दिनभित्रमा लिखित जवाफ पेस गर्न भनेको थियो । त्यस्तै सबै सरोकारवाला निकायसँग छलफल गरेर स्ववियु निर्वाचन गराउन भनेको थियो । तर, क्याम्पसले निर्वाचन गराउन नसकेको भन्दै भण्डारीले अदालतमा अवहेलनाको मुद्दा हालेका हुन् । त्रिभुवन विश्वविद्यालयले चैत ५ गते स्ववियु निर्वाचनको मिति तोकेको थियो । उक्त मितिमा आरआरमा निर्वाचन हुन सकेको थिएन ।

अनेरास्ववियूको तालाबन्दीका कारण आरआरमा निर्वाचन गर्न सकिएको थिएन । निर्वाचन अनिश्चित बनेपछि क्याम्पसले सबै पक्षसँग छलफल गरेर चैत २६ गतेका निर्वाचन मिति तोकेको थियो । तर, उक्त मितिमा पनि निर्वाचन हुन सकेन । त्यसअघि नेविसंघ, अनेरास्ववियू, अखिल क्रान्तिकारी र अनेरास्ववियूका अध्यक्षहरूले ३० चैतमा रोकिएका क्याम्पसमा निर्वाचन गराउने सहमति गरेका थिए । तर, यसअघि मिति तोकिएका क्याम्पसमा भने उक्त मितिमा नै निर्वाचन हुन दिने सहमति गरेका थिए । अन्तिममा आएर २६ गतेको निर्वाचन हुन सकेन ।त्यसपछि चैत ३० गते निर्वाचन हुने भन्दै नयाँ कार्यतालिका सार्वजनिक गरिएको थियो । तर, उक्त मितिमा पनि निर्वाचन हुन सकेन । विरोध गर्ने पक्षसँग क्याम्पस प्रशासन छलफल गर्न असक्षम देखिएको थियो । जसले गर्दा अहिलेसम्म निर्वाचन हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस