सुरक्षण मुद्रण विधेयकमा आवश्यक परिमार्जन गछौँ : मन्त्री शर्मा

सफल खबर संवाददाता

बुधबार, २९ चैत्र २०७९, १९ : ४१
सुरक्षण मुद्रण विधेयकमा आवश्यक परिमार्जन गछौँ : मन्त्री शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सुरक्षण मुद्रण विधेयक आवश्यक रहेकोमा सबैको सहमति भएको बताएकी छन् ।

बुधबार प्रतिनिधि सभाको बेठकमा बोल्दै मन्त्री शर्माले दफावार छलफलमा कन्टेन्टका विषयवस्तु परिमार्जन गर्ने बताएकी हुन।

उनले सुरक्षण मुद्रणको अफिस बनेपामा रहेको र सामान किनिसकेको, भवन बनेको, जमिन रहेको सरकारको धेरै खर्च भइसक्दा पनि काम सुरु नभएको हुँदो सकेजति छिटो सुरु गर्नेतर्फ लागेको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस