संघीय निजामती ऐन अगाडि बढिसक्यो : मन्त्री मोदी

सफल खबर संवाददाता

मंगलबार, १४ चैत्र २०७९, १९ : ५३
संघीय निजामती ऐन अगाडि बढिसक्यो : मन्त्री मोदी

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले संघीय निजामती सेवा ऐनको प्रक्रिया अगाडि बढिसकेको बताएका छन् ।नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय विभागीय समितिको अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन् ।

उनले भने, ‘धेरै वर्षदेखि संघीय निजामती ऐन आउन सकेको थिएन, मैले पदभार ग्रहणको दिन नै संघीय निजामती ऐन ल्याउँछु भनेको थिएँ, अहिले सहमतिका लागि कानुन र अर्थमा गइसकेको छ।’

मन्त्री मोदीले संसदको जारी अधिवेशनमा नै ऐन टेबुल हुने समेत बताए । ‘संघीय निजामती ऐन अगाडि बढिसक्यो, संसदको यही अधिवेशनमा ऐन टेबुल गर्ने मेरो तयारी छ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस