क्रिकेटर अशिफ शेखलाई पनि दुई लाख रुपैंया पुरस्कार दिने मधेश सरकारको घोषणा

सफल खबर संवाददाता

शुक्रबार, १० चैत्र २०७९, १० : ४८
क्रिकेटर अशिफ शेखलाई पनि दुई लाख रुपैंया पुरस्कार दिने मधेश सरकारको घोषणा

जनकपुर । मधेस प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी आशिफ शेखलाई दुई लाख रकम दिने घोषणा गरेको छ ।

नेपालले विश्वकप लिग : २ मा तेस्रो स्थानमा कायम हुँदै विश्वकप क्वालिफायरका लागि छनोट भएपछि राष्ट्रिय टोलीमा रहेका आरिफ शेख र गुल्सन झालाई मात्र रकम दिने घोषणा गरेपछि मधेस सरकारको आलोचना भएको थियो।

अहिले आएर मधेस सरकारले आशिफलाई बेलायतको मेरिलबर्न क्रिकेट क्लबले ‘क्रिस्टोफर मार्टिन जेन्किन्स स्पिरिट अफ क्रिकेट अवार्ड’ दिएपछि प्रदेश र देशको शिर ठाडो पार्ने काम गरेको भन्दै मुख्यमन्त्री सरोजकुमार यादवले रकम प्रदान गर्ने घोषणा गरेका हुन्।

उनले आयरल्याण्डविरुद्धको टी-२० अन्तर्राष्ट्रिय खेलमा खेलभावना देखाउँदै खेलाडीलाई रनआउट नगरेपछि आइसिसीले स्पिरिट अफ क्रिकेट अवार्ड २०२२ प्रदान गरेको थियो।

प्रतिक्रिया दिनुहोस