उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन आइतबार राष्ट्रपतिलाई बुझाइने

सफल खबर संवाददाता

शुक्रबार, ०३ चैत्र २०७९, २१ : ३४
उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन आइतबार राष्ट्रपतिलाई बुझाइने

काठमाडौँ । निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन चैत ५ गते राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गर्ने भएको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम आयोगले निर्वाचनको परिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्ने कार्यक्रम रहेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । 

आयोगका अनुसार शुक्रबार सम्पन्न निर्वाचनमा ३० हजार ३२८ मतभार प्राप्त गरी उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव निर्वाचित भएका छन् । यस्तै पराजित उम्मेदवार अष्टलक्ष्मी शाक्य (बोहरा) ले १६ हजार ३२८ मतभार,  ममता झाले २ हजार ५३७ मतभार र प्रमिला कुमारीले ४८ मतभार प्राप्त गरिन् ।  निर्वाचनमा ३११ संघीय सांसद र ५१८ प्रदेशसभा सदस्यले मतदान गरेको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस