मन्त्री शर्मा र राजदूत श्रीवास्तवबीच भेटवार्ता

सफल खबर संवाददाता

आइतबार, २८ फागुन २०७९, २१ : १९
मन्त्री शर्मा र राजदूत श्रीवास्तवबीच भेटवार्ता

काठमाडौँ । नेपालका लागि भारतीय राजदूत नविनकुमार श्रीवास्तवले आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मासँग भेटघाट गरेका छन् । सञ्चार मन्त्रालयमा भएको भेटघाटमा सञ्चार प्रविधिमा एक अर्का देशलाई सहयोग गर्नुको साथै दुई देशको सम्बन्धलाई अझ बलियो बनाउनुपर्ने कुरामा छलफल भएको मन्त्री शर्माको निजी सचिवालयले जनाएको छ ।

भेटका क्रममा मन्त्री शर्माले भारतीय ऋण सहयोगमा निर्माणाधीन विकास आयोजनामा भइरहेको ढिलाइप्रति भारत सरकारको ध्यानाकर्षण गराएको बताइएको छ ।

भेटवार्तामा मन्त्री शर्माले भारतको एक्जिम बैङ्कको ऋण सहयोगमा निर्माणाधीन दाङको घोराही–तुलसीपुर चार लेन सडक निर्माणमा भइरहेको ढिलाइप्रति चासो व्यक्त गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस