सी चिनफिङ तेस्रो पटक चीनको राष्ट्रपति चयन

सफल खबर संवाददाता

शुक्रबार, २६ फागुन २०७९, ११ : २६
सी चिनफिङ तेस्रो पटक चीनको राष्ट्रपति चयन

एजेन्सी । सी चिनफिङ तेस्रो पटक चीनको राष्ट्रपति चयन भएका छन् । शुक्रबार बेइजिङमा जारी चिनिया जनकंग्रेसको १४औं वार्षिक अधिवेशनले सर्वसम्मत रूपमा ६९ वर्षीय सीलाई जनगणतन्त्र चीनको राष्ट्रपति तथा केन्द्रीय सैनिक आयोग सीएमसी) को अध्यक्षमा चयन गरेको हो ।

चिनियाँ संसद्का रूपमा रहेको जनकंग्रेसका करिब ३ हजार सदस्यले सीलाई सर्वसम्मत रूपमा राष्ट्रपति चयन गरेका हुन् । सीविरुद्ध कसैको उम्मेदवारी भने परेको थिए। तेस्रो पटक राष्ट्रपति चयन भएसँगै सीलाई माओ त्से तुङपछि चीनको सबैभन्दा शक्तिशाली नेताका रूपमा हेरिएको छ ।

अहिले चुनावी प्रक्रिया अपनाइए पनि सी राष्ट्रपतिमा निर्वाचित हुने भने पहिले नै तय भइसकेको थियो । सन् २०१८ मा संविधानमा २ कार्यकालभन्दा बढी राष्ट्रपति बन्न नपाइने प्रावधान संशोधन गरिएपछि सीलाई तेस्रो पटक राष्ट्रपति बन्ने ढोका खुलेको हो ।

प्रतिक्रिया दिनुहोस