काठमाडौं । नेपालको इतिहासमा पहिलो पटक नेपाली महिला पाइलट समुहले अन्तर्राष्ट्रिय उडान भरेर रेकर्ड राखेका छन् । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नेपाल वायुसेवा निगमले युएईका लागि अहिले उडेको आफनो बिमानका सबै क्रु मेम्बर महिलालाई मात्रै राखेर अन्तर्राष्ट्रिय उडान भरेका हुन् ।
यूएईबाट काठमाडौंका लागि आज बिहान उडान भरेको नेपाल एयरलाइन्सको एयर बस ३२० जहासका सबै क्रू मेम्बर महिला मात्रै राखिएको छ । सो जहाज बुधबार बिहान ९ बजेर ५५ मिनेट जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने निगमले जनाएको छ ।
नाइन एन एकेएक्स जहाजको कमाण्ड पाइलट भावना गिरी पन्तले गरेकी छिन भने को–पाइलटमा श्रृजना राउत र एयरहोस्टेसहरुमा बास्ना राना, पुरअन्जक महर्जन, संगिता केसी र अनिशा प्रजापति रहेका छन्।
यसअघि दुबइ काठमाडौंका लागि यसअघि पनि दुई महिला पाइलटले अन्तर्राष्ट्रिय उडान भरेका थिए । त सबै क्रु–मेम्बर महिला मात्रै भएर अन्तर्राष्टिय उडान भरेको भने यो पहिलो पटक हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ फागुन २०७९, ०९ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हुम्लाबाट हुने प्रत्येक उडानमा बिरामीलाई दुई टिकट अनिवार्य
रेसुंगा विमानस्थलबाट सातामा तीन पटक उडान हुने
वायु प्रदुषणका कारण उडानहरु प्रभावित
बाक्लो तुवाँलोले त्रिभुवन विमानस्थलमा उडान प्रभावित
भोजपुरमा ३ महिनापछि उडान शुरू
पोखरा-छेन्दु आजदेखि नियमित उडान