पूर्वराजालाई मन्त्री मोदीको चेतावनी– 'आफ्नो ठाउँमा बस्नुस्'

सफल खबर संवाददाता

शुक्रबार, १२ फागुन २०७९, १३ : १६
पूर्वराजालाई मन्त्री मोदीको चेतावनी– 'आफ्नो ठाउँमा बस्नुस्'

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आफ्नो ठाउँमा बस्न चेतावनी दिएका छन् ।

फोनिज युके पत्रकारिता सम्मान तथा पुरस्कार वितरण समारोहमा मन्त्री मोदीले एक–दुई हजार मान्छे जम्मा हुँदैमा म नै राजा हुँ भन्ने नसोच्न चेतावनी दिएका हुन् ।

गणतन्त्रका लागि हजारौं हजार सडकमा भएको भन्दै उनले मुलुक फेरि पश्चगमनतिर नजाने बताए । देशलाई ठिक तरिकाले अगाडि लैजान खोजिरहेका बेला खल्बल्याउन नखोज्न आग्रह गर्दै उनले भने, ‘पूर्वराजा ठिक ठाउँमा बस्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस