काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । सोमबार बिहान ९ः३० बजे निवास धुम्बाराहीमा बस्ने गरी सभापति देउवाले पदाधिकारी बैठक बोलाएका हुन्। कांग्रेसमा १३ जना पदाधिकारी छन्, कोषाध्यक्ष अझै मनोनीत भएका छैनन्।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न पदाधिकारी बैठक बोलाइएको सेतोपाटीलाई बताए। कांग्रेसले नेविसंघलगायत भ्रातृ संस्थालाई पूर्णता दिने गृहकार्य गरेको छ। स्ववियु चुनाव चैतमा हुने भएकोले नेविसंघलाई पूर्णता दिने तयारी गरिएको हो।
यस्तै सभापति देउवाले अब बस्ने केन्द्रीय समिति बैठक तयारीलगायत विषयमा पनि कुराकानी गर्ने तयारी गरेका छन्। माघ १५ गते कांग्रेस केन्द्रीय समिति बैठक बस्दैछ। उक्त बैठकमा चुनावी समीक्षालगायत विभिन्न विषयमा छलफल हुनेछ।
नेता शेखर कोइराला पक्षले आइतबार बत्तिसपुतलीमा भेला गर्दै गठबन्धनलाई निरन्तरता दिन नसकेकोमा सभापति देउवाको आलोचना गरेका थिए। साथै प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिनु गल्ती भएको उनीहरूको निष्कर्ष थियो।
सभापति देउवाले महाधिवेशन सकिएको छ महिनाभित्र गठन गरिसक्नुपर्ने विभागलगायत पनि गठन गरेका छैनन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०९ माघ २०७९, ०८ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्रियाशील सदस्यता नवीकरणको म्याद थप गर्ने कांग्रेसको सहमति
उपसभापति र महामन्त्रीसँग छलफल गर्दै कांग्रेस सभापति देउवा
कांग्रेस महाधिवेशनको मिति सार्ने भित्री तयारी, क्रियाशील सदस्यता विवादले कार्यतालिका प्रभावित
प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै काँग्रेसले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ सकियो
भोलि केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालयहरू बन्द गर्ने काँग्रेसको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै