केन्यामा डुङ्गा डुब्दा चार जनाको मृत्यु

एजेन्सी

आइतबार, ०८ माघ २०७९, २० : २६
केन्यामा डुङ्गा डुब्दा चार जनाको मृत्यु

केन्या ।  केन्याको तटीय शहर किलिफीमा डुङ्गा डुब्दा चार जनाको मृत्यु भएको छ । शक्तिशाली छालमा नियन्त्रण गुमेपछि हिन्दमहासागरमा उक्त दुर्घटना भएको स्थानीय प्रहरीले जनाएको छ । 

मिदिन्दी क्षेत्रका प्रहरीप्रमुख सोलमन ओडेरोका अनुसार वटामानु मरिन नेश्नल पार्कमा डल्फिन हेर्न हिँडेका पर्यटक उक्त डुङ्गामा सवार थिए । दुर्घटनाका बेला समान सङ्ख्यामा पर्यटक बोकेका डुङ्गामा मरिन नेश्नल पार्कतर्फ गइरहेका थिए ।

पच्चीस जना पर्यटकको उद्धार गरिएको छ । उनीहरूलाई अस्पताल भर्ना गरिएको तथा ती मध्ये केहीलाई परीक्षणपछि फर्काइएको छ । अस्पतालमा रहेका सबैको अवस्था स्थिर छ ।

प्रतिक्रिया दिनुहोस