संविधान च्यात्न पूर्वप्रधानमन्त्रीहरु नै मौका ढुकेर बसेका छन्ः सांसद चौधरी

सफल खबर संवाददाता

शनिबार, ०७ माघ २०७९, १५ : २२
संविधान च्यात्न पूर्वप्रधानमन्त्रीहरु नै मौका ढुकेर बसेका छन्ः सांसद चौधरी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सांसद मेटमणि चौधरीले नेपालको संविधान च्यात्न पूर्वप्रधानमन्त्रीहरु नै मौका ढुकेर बसेको आरोप लगाएका छन । शनिवार प्रतिनिधि सभाको बैठकबा बोल्दै सांसद चौधरीले यस्तो आरोप लगाए । उनले पूर्व प्रधानमन्त्रीहरु नै अर्बौं भ्रष्टाचारहरु सिस्टम मिलाएर गर्न लागिपरेको बताए ।

उनले आफूलाई मन लागेको कानून राष्ट्रपतिसँग सेटिङ मिलाएर गरिरहेको बताए। उनले संसदमा आएर कुतर्क गर्नेहरुलाई संविधानअनुसार कोचिङ क्लासको व्यवस्था गर्नुपर्ने बताए ।

उनले अहिले पनि नेपालको संविधान धेरै शंकटमा रहेको बताए । उनले अहिलेका गतिविधिहरुलाई सच्याउन नसके प्रतिनिधि सभा लोकतान्त्रिक गणतन्त्रउन्मुख शासन व्यवस्थाको लागि निर्माण भएको संविधान अन्तिम हुने बताए ।

प्रतिक्रिया दिनुहोस