फरार सांसद कोइरीलाई पक्राउ गरी कारबाही गर्न गृहमन्त्रीकाे निर्देशन

सफल खबर संवाददाता

शुक्रबार, ०६ माघ २०७९, २० : ३१
फरार सांसद कोइरीलाई पक्राउ गरी कारबाही गर्न   
गृहमन्त्रीकाे निर्देशन

काठमाडौं । घाइते अवस्थामा अस्पतालतर्फ जाँदै गरेका सशस्त्र प्रहरीका असई थमन विकलाई एम्बुलेन्सबाटै थुतेर हत्या गरेको आरोपमा फरार सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै सांसद कोइरीलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई गृहमन्त्रालयले निर्देशन दिएको हो ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेबाट पटकपटक सांसद कोइरीलाई पक्राउ गर्न मौखिक आदेश हुँदा पनि पक्राउ नपरेकोमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको पनि जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस