काठमाडौं। नेपाली कांग्रेसबाट मुक्ताकुमारी यादवले उपसभामुख पदमा मनोनयन दर्ता गराएकी छिन् । शुक्रबार संघीय संसद सचिवालयमा मुक्ताले उपसभामुख पदमा मनोनयन दर्ता गराएकी हुन् ।
उनको प्रस्तावकमा कांग्रेस नेता बद्री पाण्डे तथा समर्थकमा एकीकृत समाजवादीका मेटमणि चौधरी र लोसपाका सर्वेन्द्रनाथ शुक्ल रहेका छन् ।सभापति शेरबहादुर देउवा निवासमा शुक्रबार बिहान बसेको शीर्ष नेताहरुको बैठकले यादवको नाममा सहमति गरेको थियो ।
धनुषाकी यादव समानुपातिक सांसद हुन् । १४औं महाधिवेशनमा यादवले केन्द्रीय सदस्यमा सर्वाधिक मत ल्याएकी थिइन् ।संसद सचिवालयले उपसभामुखको मनोनयन दर्ता गर्ने समय शुक्रबार तोकेको छ। उपसभामुखको चुनाव भोलि हुँदैछ ।
यसअघि कांग्रेसले सभामुखमा ईश्वरी न्यौपानेलाई उम्मेदवार बनाएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०६ माघ २०७९, १६ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेसद्वारा मन्त्री अधिकारीको ३२ लाख घुसको अडिओबारे छानबिन गर्न माग
काँग्रेसमा अनुशासन समितिको निर्णयबारे छलफल गर्न केन्द्रीय समिति बैठक बोलाउन माग
कांग्रेसमा अनुशासन समितिको निर्णयबारे छलफल गर्न केन्द्रीय समिति बैठक बोलाउन माग
प्रदेश सरकारसँग असमझदारी हटाउन प्रतिनिधि खटाउने काँग्रेसको निर्णय
उद्धार र राहतमा युद्धस्तरमा लाग्न कांग्रेसको आग्रह
कांग्रेसले संविधान संशोधनका लागि कार्यदल गठन गर्ने