शेयर बजार ५.७१ अंकले बढ्याे, कारोबार रकम ३ अर्ब ४ करोड

सफल खबर संवाददाता

विहीबार, ०५ माघ २०७९, १५ : २९
शेयर बजार ५.७१ अंकले बढ्याे, कारोबार रकम ३ अर्ब ४ करोड

काठमाडौं । बिहीबार सेयर बजारको परिसूचक नेप्से ५.७१ अंकले बढेर दुई हजार एक सय ७८ दशमलब ८१ विन्दुमा बन्द भएको हो ।

त्यस्तै, आज तीन अर्ब चार करोड ४५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ८५ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १०८ वटा कम्पनीको शेयरमूल्य घटेको छ । १४ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज आदर्श लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ८४८.२० रुपैयाँ पुगेको छ भने मैलुङ खोला जलविद्युत कम्पनीको शेयरमूल्य ९.५४ प्रतिशतले बढेर प्रतिकित्ता ४९८.४० रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस