काठमाडौं । राष्ट्रियसभा बैठकको शून्य समयमा सांसदहरुले विश्वभरि नै सुरक्षित मानिएको हवाई यातायातलाई नेपाली आकाशलाई पनि सुरक्षित बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
नेपाली कांग्रेसका अनिता देवकोटाले पोखरामा यही माघ १ गते ७२ जनाको ज्यान गएको घटनाप्रति दुःख व्यक्त गर्दै पुरानो जहाजलाई विस्थापित गरी नयाँ जहज सञ्चालनमा ल्याउनुपर्ने र नेपाली आकाशलाई सुरक्षित बनाउन सरकारसँग आग्रह गरिन् । नेकपा (एमाले) का इन्दु कडरियाले सुरक्षित मानिएको हवाई यातायात दुर्घटना हुँदै जानुले हवाई सुरक्षाप्रति धेरै आशङ्का उब्जिएको हुनाले हवाई सुरक्षालाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराए ।
स्वतन्त्र सांसद खिमलाल देवकोटाले नेपालमा इसाई धर्म मान्नेहरुले धर्म परिवर्तन गराउन लागिरहेको र गरिबी तथा बेजोगारीको फाइदा उठाउँदै धर्म प्रचार गरिरहेको हुनाले उक्त कार्य रोक्न सरकारलाई सुझाव दिए । नेकपा (एमाले) की दीलकुमारी थापाले पोखरामा विमानस्थल दुर्घटनाको सत्यतथ्य बाहिर ल्याउनका लागि छानविन समिति गठन भएको हुनाले जटिसक्दो छिटो प्रतिवेदन सार्वजनिक गर्न आग्रह गर्दै हालसम्म तारा यएरको विमान दुर्घटना छानबिन समिति प्रतिवेदन अझै सार्वजनिक नभएकोप्रति सरकारको ध्यानाकर्षण गराए ।
सोही पार्टीेका नन्दा चपाईले वीर अस्पतालमा आन्द्राको ‘एमआरआई’ गर्ने मेसिन १५ वर्षदेखि सञ्चालनमा नआएकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै जतिसक्दो छिटो त्यसलाई सञ्चालनका ल्याएर गरिब जनतालाई सेवा दिनुपर्ने बताए । नेकपा (एकीकृत समाजवादी) का सुन्दरबहादुर विश्वकर्माले नेपालमा पछिल्लो समयमा आत्महत्या गर्नेको सङ्ख्या दैनिक बढ्दै गएको जनाउँदै यस्ता घटना के कारणले बढ्दै गएको छ भन्नेबारेमा अध्ययन गर्न जरुरी भएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०५ माघ २०७९, १४ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रियसभा अन्तर्गतका दुईवटा समितिको बैठक बस्दै
छठले राष्ट्रिय एकता मजबुत बनाउन विशिष्ट भूमिका खेल्छ: राष्ट्रियसभा अध्यक्ष दाहाल
राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
राष्ट्रियसभाको बैठक आज बस्दै
राष्ट्रियसभा बैठक आज, पाँच कार्यसूचीमा छलफल
आज राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची