हामीले प्रधानमन्त्रीलाई विश्वासको मत दिँदा एमालेलाई दुःख लाग्यो : विमलेन्द्र निधि

सफल खबर संवाददाता

विहीबार, ०५ माघ २०७९, १३ : ०२
हामीले प्रधानमन्त्रीलाई विश्वासको मत दिँदा एमालेलाई दुःख लाग्यो : विमलेन्द्र  निधि

काठमाडौं । नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले आफूहरुले प्रधानमन्त्रीलाई विश्वासको मत दिएकोमा एमाले खुसी हुनुपर्ने बताएका छन् ।

सभामुखको निर्वाचनका क्रममा भएको छलफलमा भाग लिँदै कांग्रेस पूर्व उपसभापति समेत रहेका निधिले प्रतिनिधिसभा फेरि विघटन हुने हो कि चिन्ता लागेर प्रधानमन्त्रीलाई विश्वासको मत दिएको बताए । एमाले अध्यक्ष केपी शर्मा ओलीले बलयगाढामा चढेर अमेरिका पुगिदैन, संघीय प्रणाली बाध्यताले स्वीकार गरेको जस्ता टिप्पणी गरेको स्मरण गर्दै उनले भने, ‘संघीयता, गणतन्त्र त खतरामा पर्ने होइन ?’

त्यस्तो नहोस् भनेर आफूहरुले विश्वासको मत दिएको, तर एमालेलाई चिन्ता लागेको उनले बताए । कांग्रेस सांसद निधिले अघि भने, ‘आफूले प्रस्ताव गरेको प्रधानमन्त्रीलाई विपक्षीले मत दिँदा त खुसी व्यक्त गर्नु पर्ने हो, उहाँलाई दुःख लागेको छ । के भएको यो ?’

प्रतिक्रिया दिनुहोस