चितवनमा मिनि ट्रकको ठक्करबाट एक जनाको मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, २९ पुस २०७९, २१ : ०६
चितवनमा मिनि ट्रकको ठक्करबाट एक जनाको मृत्यु

चितवन। चितवनको रत्ननगरमा मिनि ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार रत्ननगर नगरपालिका १० बस्ने २२ वर्षीय अमित महतोको घटनास्थलमै मृत्य भएको हो । 

मोटरसाइकल पछाडी सवार रत्ननगर नगरपालिका १० का २७ वर्षीय बिश्वास महत्तो गम्भीर घाइते भएका छन् । महत्तोलाई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर पुर्‍याइएको चितवन प्रहरीले जनाएको छ ।

शुक्रबार दिउँसो १२:२० बजे रत्ननगर नगरपालिका १२ जमुनापुरबाट बकुलहर जाँदै गरेको ना. ४२ प.४४५३ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आएको ना.४ ख.५३०१ नम्बरको मिनि ट्रकले ठक्कर दिएको थियो । 

दुबै सवारी साधन र ट्रक चालकलाई इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीले नियन्त्रणमा लिएको छ ।