कांग्रेससँग राजनीतिक नैतिकता छ भने सत्तापक्षको स्थानमा बस्नुपर्छ : भिम रावल

सफल खबर संवाददाता

बुधबार, २७ पुस २०७९, ०९ : २२
कांग्रेससँग राजनीतिक नैतिकता छ भने सत्तापक्षको स्थानमा बस्नुपर्छ : भिम रावल

काठमाडौं । नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री भीमबहादुर रावलले नेपाली कांग्रेस प्रतिपक्षमा बस्ने र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत पनि दिनु संविधानको मर्म र लोकतन्त्रमाथिको प्रहार भएको बताएका छन् । 

सामाजिक सञ्जालमा ट्वीट गर्दै नेता रावलले त्यस्तो बताएका हुन् । विश्वासको मत दिएर कांग्रेसले द्वैध चरित्र देखाएको उनको आरोप छ । कांग्रेसले बहुदलीय प्रतिस्पर्धात्मक पद्धतिको पनि उल्लंघन गरेको उनले आरोप लगाए ।

संविधानले प्रतिपक्षीविहिन संसदको परिकल्पना नगरेको भन्दै नेता रावलले भनेका छन्, “कांग्रेससँग अलिकति पनि राजनीतिक नैतिकता र प्रजातान्त्रिक संस्कार छ भने सत्तापक्षको स्थानमा बस्नुपर्छ ।”

प्रतिक्रिया दिनुहोस