दलहरूबीच अर्थपूर्ण सहकार्य आवश्यक छ : प्रधानमन्त्री प्रचण्ड

सफल खबर संवाददाता

मंगलबार, २६ पुस २०७९, १३ : ५७
दलहरूबीच अर्थपूर्ण सहकार्य आवश्यक छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दलहरूबीच अर्थपूर्ण सहकार्य आवश्यक रहेको बताएका छन् । मंगलबार प्रतिनिधिसभामा विश्वासको मत लिने क्रममा सम्बोधन गर्दै उनले आफूले दलहरूबीच सहकार्य आवश्यक रहेको भन्दै त्यसका लागि आग्रह गरेको बताए ।

उनले अहिले पनि देश शान्तिपूर्ण अवस्थामा नआइसकेकाले आफू फरक ढंगले प्रधानमन्त्रीको भूमिका निर्वाह गर्न लागिपरेको बताए । ‘शान्ति सम्झौतामा हस्ताक्षरकर्ताको नाताले अझै पनि केही काम गर्न बाँकी छ । त्यो बाँकी काम म यसपटक प्रधानमन्त्री हुँदा पूरा गर्न लागिपर्छु,’ प्रचण्डले भने ।

प्रतिक्रिया दिनुहोस