शेयर बजार ४६.७६ अंकले बढ्यो,५ अर्ब ३१ करोडको कारोबार

सफल खबर संवाददाता

सोमबार, २५ पुस २०७९, १५ : ३८
शेयर बजार ४६.७६ अंकले बढ्यो,५ अर्ब ३१ करोडको कारोबार

काठमाडौं । केहि दिनदेखि उकालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)साताको कारोबारको दोस्रो दिन पनि सो यात्रा कायमै रहेको छ । आज नेप्से ४६.७६ अंकले बढेर दुई हजार दुई सय ११ दशमलब ३८ विन्दुमा बन्द भएको हो ।

त्यस्तै, आज पाँच अर्ब ३१ करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार पाँच अर्ब ४५ करोड ९९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । आज कारोबार भएका कम्पनीमध्ये १७३ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ३१ वटा कम्पनीको शेयरमूल्य घटेको छ । ६ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

प्रतिक्रिया दिनुहोस