नेपाल टी–ट्वान्टी : लुम्बिनीमाथि पोखराको सहज जित

सफल खबर संवाददाता

शनिबार, १६ पुस २०७९, १२ : ५०
नेपाल टी–ट्वान्टी : लुम्बिनीमाथि पोखराको सहज जित

काठमाडौं । नेपाल टी–ट्वान्टी लिग क्रिकेट प्रतियोगितामा पोखरा एमेन्जर्सले सहज जित निकालेको छ । शनिबार भएको खेलमा पोखराले लुम्बिनी अल स्टारमाथि ९ विकेटको जित निकालेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले दिएको १२८ रनको लक्ष्य पछ्याएको पोखराले १८ ओभर २ बलमा एक विकेट गुमाउँदै पूरा गर्यो ।

पोखरका लागि आसिफ शेखले अविजित रहँदै ७७ रनको अर्धशतकीय पारी खेले । ६२ बल खेलेका उनले ९ चौका प्रहार गरे । त्यस्तै  आरिफ शेखले २६ रन बनाउँदा सुमित महर्जनले १३ रनको योगदान गरे । बलिङतर्फ लुम्बिनीका लागि किशोर महत्वले एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले १९ ओभर ५ बलमा सम्पूर्ण विकेट गुमाउँदै १२७ रन बनाएको थियो । लुम्बिनीका लागि हर्मित सिंहले सर्वाधिक ३८ रन बनाए । त्यस्तै साड्ले भानले १६ रन बनाउँदा सुनिल धमलाले १५ रनको योगदान गरे ।

बलिङतर्फ पोखराका लागि विपिन कार्की र जहिर खानले तीन–तीन विकेट लिए । त्यस्तै आरिफ शेख, तुल थापा र शिद्धान्त लोहनीले एक–एक विकेट लिए । जितसँगै पोखराले ७ खेलमा ४ अंक जोडेको छ । पोखरा तालिकाको पाँचौं स्थानमा छ । पराजित लुुम्बिनी ६ खेलबाट १० अंक जोडेर तालिकाको शीर्ष स्थानमा छ ।

 

प्रतिक्रिया दिनुहोस