समानुपातिकतर्फ प्रदेश २ मा कांग्रेस पहिलो

आइतबार, ०२ पुस २०७४, १३ : ४४
समानुपातिकतर्फ प्रदेश २ मा कांग्रेस पहिलो

चितवन । २ नम्बर प्रदेशमा समानुपातिकतर्फ नेपाली कांग्रेस पहिलो पार्टी बनेको छ । ८ वटा जिल्ला रहेको प्रदेश २ मा कांग्रेसले ३ लाख ७० हजार ५५० मत ल्याएको छ ।

दोस्रो र तेस्रो भने मधेसवादी दल बनेका छन् । राष्ट्रिय जनता पार्टीले ३ लाख १८ हजार ५२४ मत ल्याएर दोस्रो तथा संघीय समाजवादी फोरम नेपालले २ लाख ८४ हजार ०७२ मत प्राप्त गरेर तेस्रो भएका छन् ।

चौथोमा रहेको एमालेले २ लाख ४९ हजार ७३४ मत प्राप्त गरेको छ । माओवादी केन्द्रले १ लाख ८२ हजार ६१९ मत प्राप्त गरेको छ ।

प्रत्यक्षतर्फ २ नम्बर प्रदेशमा मधेसवादी दलकै अग्रता थियो । कुल ३२ सिटमध्ये संघीय समाजवादी फोरम नेपालले २०, राजपाले १५, एमालेले १४, कांग्रेसले ८ र माओवादी केन्द्रले ६ सिट प्राप्त गरेका थिए । समानुपातिकतर्फ मत गणना सकिए पनि सिट फाँडफाट गर्न अझै केही समय लाग्ने निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस