एमबाप्पे नायक बन्दा मेसी अभागी !

पत्रपत्रिकाबाट

आइतबार, १७ असार २०७५, ०८ : ४८
एमबाप्पे नायक बन्दा मेसी अभागी !

युवा स्टार किलियन एमबाप्पेले पाँच मिनेटको अन्तरमा २ गोल गरेपछि फ्रान्सले शनिबार बर्जेन्टिनालाई ४—३ ले हराउँदै विश्वककप फुटबलको क्वार्टरफाईनलमा स्थानमा पक्का गरेको छ । 

काजान एरिनामा बेहोरेको हारसँगै गत संस्करण फाईनल खेल्ने दुवै टोली प्रतियोगिताबाट बाहिरिएका छन् ।  ब्राजिलमा अर्जेन्टिनालाई थपिएको समयमा १—० ले पराजित जर्मनी समुहचरणबाट घर फर्किएको थियो । अजेन्टिनाका कप्तान लियोनल मेसीको विश्वकम जित्ने सपना पनि अधुरै रहने लगभग पक्का बनेको छ । 

मेसीका लागि रुस विश्वकप सम्भवतः अनितम हुन सक्छ । पाँचपटक विश्वकपका बर्ष खेलाडीको अवार्ड जितेका लियोनल मेसीले रुसमा १ गोल मात्र गर्न सके । 

बार्सिलोनाका मेसीलाई अर्जेन्टिनाका महान खेलाडी डिएगो म्याराडोना तुलना गरिन्छ । म्याराडोनाले अजेन्टिनालाई १९८६ मा विश्वकपको उपाधि जिताएका थिए । 

विश्वकपमा मेसी सधै अभागी बने । गत साता ३१ बर्ष पुगेका मेसीसामु २५ बर्षसम्म ठुला प्रतियोगिता जित्न नसकेको अजेन्टिनालाई उपाधि जिताउने राम्रो अवसर थियो ।, आजको नागरिक दैनिकमा यो खबर छ । 

प्रतिक्रिया दिनुहोस