चिनियाँ राष्ट्रपति सिले एक अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्ने

एजेन्सी

बुधबार, २८ मंसिर २०७९, १५ : ४२
चिनियाँ राष्ट्रपति सिले एक अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्ने

एजेन्सी । चिनियाँ राष्ट्रपति सि चिनफिङले बिहीबार जलवायु परिवर्तनसम्बन्धी एक अन्तर्राष्ट्रिय महत्वपूर्ण सम्मेलनलाई सम्बोधन गर्ने भएका छन ।

उनले जलवायु परिवर्तनसँग सम्बन्धित एक अन्तर्राष्ट्रिय सम्मेलन ‘सिओपी १५’ लाई भिडियो लिंकबाट सम्बोधन गर्ने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले जानकारी दिएका छन् ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनइङले राष्ट्रपति सि चिनफिङले बिहीबार सो सम्मेलनलाई भिडियो लिंकमार्फत् सम्बोधन गर्न लाथेको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस