गुजरात । भूपेन्द्र पटेलले गुजरातको मुख्यमन्त्रीको शपथ लिएका छन् । गुजरात बीजेपीका नयाँ विधायकहरूले हिजो भूपेन्द्र पटेललाई नेता चयन गरेका थिए। उनी दोस्रो पटक प्रदेशको मुख्यमन्त्री बनेका हुन् ।
गुजरातको राजधानी गान्धीनगरमा आयोजित शपथ समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी पनि उपस्थित थिए । गुजरात विधानसभामा भाजपाले लगातार सातौँ पटक सरकार बनाएको छ। विधानसभा चुनावमा बीजेपीले १८२ सिट मध्ये १५६ सिट प्राप्त गरेको छ।
पटेलसँगै उनका मन्त्रिपरिषद्का सदस्यहरूले पनि शपथ लिएका छन् । भूपेन्द्र पटेल बाहेक १६ मन्त्रीले शपथ लिएका छन् । तीमध्ये आठ जना क्याबिनेट स्तरका मन्त्री हुन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, २६ मंसिर २०७९, २१ : ००
लेखकबाट थप