सीपीसीको बैठकबाट नाटकीय रूपमा बाहिरपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिए हु जिन्ताओ

एजेन्सी

मंगलबार, २० मंसिर २०७९, १४ : ४८
सीपीसीको बैठकबाट नाटकीय रूपमा बाहिरपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिए हु जिन्ताओ

बेइजिङ। पूर्व चिनियाँ नेता हु जिन्ताओ अक्टोबरको दोस्रो साता कम्युनिष्ट पार्टीको शीर्ष बैठकबाट नाटकीय रूपमा बाहिर निस्किएपछि पहिलो पटक सार्वजनिक रूपमा देखिएका छन् । आफ्ना पूर्ववर्ती जियाङ जेमिनलाई श्रद्धाञ्जली अर्पण गर्ने क्रममा उनी सार्वजनिक कार्यक्रममा देखिएका हुन् ।

सोमबार बिहान हु अन्य शीर्ष नेताहरूसँग बेइजिङको चिनियाँ जनमुक्ति सेना जनरल अस्पतालमा जियाङलाई अन्तिम श्रद्धाञ्जली दिन उपस्थित भएका थिए ।अक्टोबरमा कंग्रेसको समापन समारोह चलिरहँदा हुलाई कुर्सीबाट उठाएर बाहिर लगिएको थियो, जसलाई असामान्य घटना मानिएको थियो । उक्त बैठकले सी जिनपिङलाई नेताको रूपमा ऐतिहासिक तेस्रो कार्यकाल सुम्पिएको थियो । 

हु अस्वस्थ भएको चिनियाँ सञ्चार माध्यमहरूले जनाएका थिए । ऋद्धान्जलिपछि उनी सहयोगीको साथमा अस्थिर भएर हिँडेका देखिन्थे । उनी जियाङकी विधवासँग केही बेर गफ गरेका थिए ।
 

प्रतिक्रिया दिनुहोस