काठमाडौं । कतारमा जारी विश्वकप फुटबलमा बेल्जियमले हार ब्यहोरेपछि समर्थकहरूले बेल्जियमकाे राजधानी ब्रसेल्समा ब्यापक प्रदर्शन गरेका छन् ।
बेल्जियममा रहेका मोरोक्कोका समर्थकहरुले मोरोक्कोको झण्डासहित खुशियाली मनाएपछि आक्रोशित बेल्जियमका समर्थकहरुले राजधानी ब्रसेल्समा प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप समेत भएको छ ।
प्रर्दशनकारीहरूले पार्किङमा राखिएका कारहरूमा आगजनी गर्नुका साथै प्रहरीमाथि ढुंगामुढा गरेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन कयौं सेल अश्रुग्याँस समेत प्रहार गर्नुका साथै लाठीचार्ज समेत गरेको छ । सोही क्रममा केही प्रर्दशनकारी घाइते भएका छन् भने केहीलाई प्रहरीले गिरफ्तार गरेको छ ।विश्वकप फुटबल अन्तर्गत आइतबार बेल्जियम र मोरोक्कोबीचको खेलमा बेल्जियम २–० गोलले पराजित भएको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, १२ मंसिर २०७९, ११ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अर्जेन्टिनाको सुरुवाती ११ घोषणा
कतार विश्वकप फुटबल : आज तेस्रो स्थानका लागि मोरक्को र क्रोएसिया भिड्दै
विश्वकप फुटबल : क्वाटरफाइनलको अन्तिम दुई खेल आज
सिनेमा हलले विश्वकप फुटबल देखाए कारबाही
फ्रान्स र इग्ल्यान्ड विश्वकप फुटबलको क्वाटरफाइनलमा
विश्वकप फुटबल : पोल्याण्डले साउदीलाई २-० ले हरायो