भारतको नरेन्द्र मोदी रंगशाला नाम गिनिज बुकमा दर्ता

एजेन्सी

सोमबार, १२ मंसिर २०७९, ०७ : ५७
भारतको नरेन्द्र मोदी रंगशाला नाम गिनिज बुकमा दर्ता

एजेन्सी । अहमदाबादको नरेन्द्र मोदी स्टेडियमको नाम गिनिज बुकमा दर्ता भएको छ । बीसीसीआईका अनुसार २९ मे २०२२ मा आईपीएलको फाइनल खेल स्टेडियममा १,०१,५६६ जनाले हेरेका थिए।

यो कुनै पनि टी–२० खेलमा उपस्थित दर्शकहरूको सबैभन्दा ठूलो संख्या हो।  एक ट्वीटमा बीसीसीआईले भनेको छ, ‘भारतले गिनिज वर्ल्ड रेकर्ड बनायो, यो सबैका लागि गर्वको क्षण हो।’ बीसीसीआईका महासचिव जय शाहले पनि ट्वीट गर्दै यसबारे जानकारी दिएका छन् ।

गुजरात क्रिकेट संघको मोटेरा स्टेडियमलाई फेब्रुअरी २०२१ मा पुनस् निर्माण गरी पुनः खोलिएको थियो। अब यो स्टेडियमको नाम नरेन्द्र मोदी स्टेडियम रहेको छ । १५ औं आईपीएलको फाइनल खेल यही रंगशालामा खेलिएको थियो ।

प्रतिक्रिया दिनुहोस