थप २ जनामा कोरोना संक्रमण पुष्टि

सफल खबर संवाददाता

आइतबार, ०४ मंसिर २०७९, १५ : ५३
थप २ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४० जनामा गरिएको नमुना परीक्षणमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा १४ जना संक्रमण मुक्त भएका छन् । नेपालमा ४२० जना कोरोनाका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस