हुम्लाको चङ्खेलीमा झडप,असई घाइते

सफल खबर संवाददाता

आइतबार, ०४ मंसिर २०७९, १४ : २१
हुम्लाको चङ्खेलीमा झडप,असई घाइते

सुर्खेत । हुम्लाको चङ्खेली गाउँपालिका वडा नम्बर ५ को डाँफे मदतान केन्द्रमा झडप हुँदा त्यहाँ कार्यरत एक जना असई घाइते भएका छन् ।  घाइते हुनेमा सहायक निरीक्षक(असई) राम कुमार चौधरी  रहेको हुम्लाका प्रमुख जिल्ला अधिकारी सिता परियारले जानकारी दिइन् । 

वारेसनामा भोट हाल्न नदिएको भन्र्दै झडप भएको थियो । उनका अनुसार झडपलाई नियन्त्रण गर्नमा लागि अहिले मतदान रोकिएको छ।

प्रतिक्रिया दिनुहोस