रौतहटमा मतदानको क्रममा गोली चल्यो, दुई ठाउँमा मतदान स्थगित

सफल खबर संवाददाता

आइतबार, ०४ मंसिर २०७९, १० : ०७
रौतहटमा मतदानको क्रममा गोली चल्यो, दुई ठाउँमा मतदान स्थगित

रौतहट । मतदानाका क्रममा रौतहटका दुई स्थानमा गोली चलेको छ । जिल्लाको गुजरा नगरपालिका र गरुडामा गोली चलेको छ । 

गुजराको कनकपुर मावि मतदान केन्द्रमा एक राउण्ड र गरुडाको प्रावि भवन अमरपट्टि मतदान केन्द्रमा दुई राउन्ड गोली चलेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्ष सुनिल मल्लले  जानकारी दिए । 

मतदान गर्ने क्रममा विवाद हुँदा गोली चलेको प्रहरीले जनाएको छ । गोली चलेका दुवै मतदान केन्द्रमा तत्तकाललाई मतदान स्थगित भएको छ ।

प्रतिक्रिया दिनुहोस