बसुन्धारामा घरधनीलाई बन्धक बनाएर लुटपाट

सफल खबर संवाददाता

मंगलबार, २९ कार्तिक २०७९, १० : ४२
बसुन्धारामा घरधनीलाई बन्धक बनाएर लुटपाट

काठमाडौँ । काठमाडौँको बसुन्धारामा गए राति लुटपाट भएको छ । बसुन्धारास्थित नन्द मल्लको घरमा गए राति ६–७ जनाको समूहमा आएका लुटेराले नगद र सुन लुटेर भागेका हुन् ।

लुटेराले घरधनी नन्द सहित ५ जना महिलालाई बन्धक बनाएर लुटपाट गरेका हुन् । लुटेरा समूहले ह्यामर प्रहार गरेर घरधनीलाई घाइते बनाएका छन् । उनको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

राति ७  बजेतिर लुटेरा समूह घरमा प्रवेश गरेर ९ बजे निस्केका थिए । ४५ लाख भन्दा बढी नगद र ठुलो परिमाणमा सुन लुटिएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।

घटनाबारे उपत्यका अपराध अनुसन्धान कार्यालयका र प्रहरी वृत्त महाराजगञ्जको टिमले अनुसन्धान गरिरहेको छ । मल्लको घर नजिकै बंगलादेश राजदूतावास छ । 

प्रतिक्रिया दिनुहोस