डेंगु सङ्क्रमणबाट पत्रकार चाँदनी अधिकारीको मृत्यु

सफल खबर संवाददाता

बुधबार, १६ कार्तिक २०७९, १५ : ३४
डेंगु सङ्क्रमणबाट पत्रकार चाँदनी अधिकारीको मृत्यु

लमजुङ । लमजुङमा एक जना पत्रकारको डेंगु सङ्क्रमणबाट मृत्यु  भएको छ । बुधबार उपचारका लागि चितवन लैजाने क्रममा बाटोमै पत्रकार चाँदनी अधिकारीको मृत्यु भएको  हो ।

२२ वर्षीय अधिकारी  प्रेस सेन्टर लमजुङकी  सचिव थिइन् । उनको डेंगु सङ्क्रमणबाट मृत्यु भएको प्रेस सेन्टरका केन्द्रीय उपाध्यक्ष  त्रिभुवन पौडेलले बताए।  उनका अनुसार अधिकारी रेडियो भोटे ओडारमा समाचार वाचिकाका रुपमा कार्यरत थिइन् ।

प्रतिक्रिया दिनुहोस