अब ट्वीटर भेरिफाइडका लागि मासिक ८ डलर शुल्क

एजेन्सी

बुधबार, १६ कार्तिक २०७९, ०९ : ३८
अब ट्वीटर भेरिफाइडका लागि मासिक ८ डलर शुल्क

एजेन्सी । अब सामाजिक सञ्जाल ट्वीटर अकाउन्ट भेरिफाइडका लागि मासिक ८ डलर शुल्क लाग्ने भएको छ ।

ट्वीटर भेरिफाइड भएको संकेत चिह्न नीलो रङ्गको टिक मार्कका लागि प्रयोगकर्ताले अब मासिक आठ डलर शुल्क तिर्नुपर्ने ट्वीटरका सीइओ एलन मस्कले दिएका हुन् ।

सीइओ मस्कले यसअघि यसका लागि २० डलरको प्रस्ताव राखेका थिए । तर हरेक देशको आर्थिक अवस्था र क्रय शक्तिलाई मध्यनजर गर्दै सो शुल्क तोकिएको सीइओ मस्कले ट्वीटरमार्फत जानका दिएका छन् ।

उनका अनुसार यसबाट ट्वीटरको आम्दानी बढ्ने हुँदा कन्टेन्ट बनाउनेहरूलाई पनि फाइदा हुनेछ । ‘आगामी दिनमा पैसा दिनेहरुका लागि कम विज्ञापन, खोज्न र जवाफ दिन सहज, लामो अडियो भिडियो पोष्ट गर्ने लगायतका धेरै सुविधा पाइने छ ।’ मस्कले ट्वीटरमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस