जर्मनीकाे विशेषज्ञ चिकित्सककाे टाेलीले गर्‍याे नर्भिक अस्पतालकाे अवलाेकन

सफल खबर संवाददाता

बुधबार, ०२ कार्तिक २०७९, १२ : ५९
जर्मनीकाे विशेषज्ञ चिकित्सककाे टाेलीले गर्‍याे नर्भिक अस्पतालकाे अवलाेकन

काठमाडौँ । जर्मनीका विभिन्न अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सकहरूको एक टोलीले थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पतालको भ्रमण गरेका छन्।मंगलबार जर्मनीबाट नेपाल आएका ६० जना विशेषज्ञ चिकित्सकहरूले अस्पतालको अवलोकन गरेका हुन्।

जर्मनी चिकित्सकहरूको टोलीलाई नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले खादा लगाएर स्वागत गरेका थिए।नर्भिकको व्यवस्थापन टोलीले जर्मनी चिकित्सकहरुलाई अस्पतालको आकस्मिकदेखि सघन उपचारसम्मका सेवाहरुको विषयमा स्थलगत अवलोकन गराई जानकारी दिएको थियो।

अस्पतालका अधिकारीहरुले अस्पतालले अन्तर्राष्ट्रिय क्षेत्रका बिरामीहरूलाई समेत उपचार सेवा दिदै आएको जानकारी गराएका थिए।जर्मन चिकित्सकहरूले नेपालमा नर्भिकजस्तो आधुनिक अस्पताल रहेकोमा खुसी व्यक्त गर्दै गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस