काठमाडौं–१० मा गठबन्धन तोडेको माओवादीको घोषणा

सफल खबर संवाददाता

मंगलबार, २५ असोज २०७९, १६ : ४४
काठमाडौं–१० मा गठबन्धन तोडेको माओवादीको घोषणा

काठमाडौं । काठमाडौं–१० मा नेकपा माओवादी केन्द्रले सत्तारुढ गठबन्धन तोडिएको घोषणा गरेको छ । प्रतिनिधिसभाकी उम्मेदवार अञ्जना विशंखेले स्वच्छ प्रतिष्पर्धा गर्ने सर्तमा गठबन्धन तोडिएको बताइन् ।सत्ता गठबन्धनको सिट बाँडफाँटअनुसार यो क्षेत्र नेपाली कांग्रेसको भागमा परेको थियाे । त्यस अनुसार कांग्रेसका नेता राजन केसीले उम्मेदवारी दिएका छन् ।

यस्तै प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये माओवादीले र एकीकृत समाजवादीले एक–एक वटा लिने सहमति भएको थियो । प्रदेशसभामा पनि सत्ता गठबन्धनका एकभन्दा बढी दलबाट उम्मेदवारी परेको छ ।

काठमाडौं १० (क) मा कांग्रेसका पुकार महर्जन र माओवादी केन्द्रका दिलिप महर्जनले उम्मेदवारी दिएका छन् । काठमाडौं १० (ख) मा एकीकृत समाजवादीकी रमा आले र माओवादी केन्द्रका गणेशबहादुर कुँवरले उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस