देउवाविरुद्ध कर्ण मल्लको उजुरी, उम्मेदवारी रद्द गर्न माग

सफल खबर संवाददाता

सोमबार, २४ असोज २०७९, १९ : २०
देउवाविरुद्ध कर्ण मल्लको उजुरी, उम्मेदवारी रद्द गर्न माग

काठमाडौं ।  प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको उम्मेदवारी रद्द गर्न माग गर्दै उजुरी परेको छ ।

बीपी काँग्रेसका तर्फबाट डडेल्धुराको उम्मेदवार रहेका कर्ण मल्लले देउवाको नागरिकता र मतदाता नामावलीमा फरकफरक मिति रहेको भन्दै उजुरी दिएका हुन् । नागरिकतामा २००३ जेठ ३१ गते जन्ममिति रहेको देउवाको मतदाता नामावलीमा २००२ साल जेठ ३१ गते रहेको पाइएको छ । 

मल्ल अघिल्लो पटक नेपाली काङ्ग्रेसबाट प्रदेश सभामा निर्वाचित भएका थिए । अहिले बिपी कांग्रेसबाट उनी देउवा विरुद्ध चुनावी मैदानमा छन् । मल्ल बीपी कांग्रेसका वरिष्ठ उपसभापति हुन् ।

प्रतिक्रिया दिनुहोस