माओवादी केन्द्रका महासचिवद्वारा लमजुङबाट उम्मेदवारी दर्ता

सफल खबर संवाददाता

आइतबार, २३ असोज २०७९, २१ : १२
माओवादी केन्द्रका महासचिवद्वारा लमजुङबाट उम्मेदवारी दर्ता

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले एक मात्र निर्वाचन क्षेत्र रहेको लमजुङबाट प्रतिनिधसभाका लागि उम्मेदवारी दर्ता गराएका छन्।

गठबन्धनबाट प्रतिनिधिसभाका लागि उम्मेदवार बनेका गुरुङले आज दिउँसो बेँसीसहरमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफ्नो उम्मेदावरी दर्ता गराएका हुन् । 

त्यस्तै प्रदेशसभा (क) र (ख) का लागि गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । प्रदेश (क) मा कांग्रेस लमजुङका सभापति डा टकराज गुरुङ र प्रदेश (ख) मा पूर्व जिल्ला सभापति भेषबहादुर पौडेलले संयुक्तरूपमा उम्मेदवारी दिएका छन् । 

प्रतिक्रिया दिनुहोस