गंगा नदीमा ५५ जना सवार डुङ्गा डुब्यो, १० जना बेपत्ता

एजेन्सी

सोमबार, २० भदौ २०७९, ०९ : २८
गंगा नदीमा ५५ जना सवार डुङ्गा डुब्यो, १० जना बेपत्ता

flle Pic

एजेन्सी । भारतको बिहारस्थित पटनामा गंगा नदीमा एउटा डुङ्गा डुबेको छ ।

डुङ्गामा ५५ जना सवार थिए जसमध्ये करिब १० जना हराइरहेका छन् । दुर्घटना बिहिबार राति शाहपुरको शेरपुर घाटमा भएको हो ।

शाहपुर प्रहरीले गंगा नदीमा सर्च र रेस्क्यु अपरेशन सुरु गरेको छ । प्रहरीले स्थानीयवासीको सहयोगमा खोजी अभियान सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस