विराटनगर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनमा सिट बाँडफाँटको विषय बाहिर चर्चा गरिएजस्तो जटिल नभएको बताएका छन् । कार्यदललाई निर्वाचन क्षेत्रको अवस्था बुझेर भागबण्डाको खाका तयार गर्न निर्देशन दिइएकोले एक, दुई दिनमा नै बाँडफाँडबारे सहमति हुने प्रचण्डको दाबी छ ।
आज बिहान विराटनगर विमानस्थलमा पत्रकारहरुसँगको कुराकानीमा प्रचण्डले नागरिकता विधेयकबारे पनि भ्रम फैल्याउने काम भएको भन्दै असन्तुष्टि पोखे । विधेयकलाई राष्ट्रपतिसँग जोडेर अनावश्यक विवाद सृजना गर्न खोजिएकाले सतर्क रहनुपर्ने उनको भनाइ थियो ।
पार्टी पदाधिकारीमा महिलालाई उचित स्थान नदिएको बारे पत्रकारहरुको जिज्ञासामा प्रचण्डले पदाधिकारी सिनियरका आधारमा नियुक्ति हुने भन्दै स्थायी कमिटीमा एघार जना महिला नेतृलाई एकैपटक नियुक्त गरेर महिला सहभागिता सुनिश्चित गरेको दाबी गरे।
प्रचण्ड आज प्रदेश १ समन्वय केन्द्रको बैठकमा उपस्थित हुनेछन् । कार्यक्रममा सहभागी हुन वरिष्ट उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, सचिव राम कार्की लगायतका नेताहरु विराटनगर पुगेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १० भदौ २०७९, १२ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: प्रचण्ड
एमाले महाधिवेशनमा प्रचण्ड-माधव नजाने
पर्वतहरू प्रकृतिका अमूल्य धरोहर : प्रचण्ड
मुलुकको संकट अझै टरेको छैन: प्रचण्ड
सामाजिक न्यायबिना कुनै पनि समाज सभ्य, समृद्ध र लोकतान्त्रिक बन्न सक्दैन : प्रचण्ड
२०४६ यता उच्च पदमा पुगेका सबैको सम्पत्ति छानबिन गर्न ‘प्रचण्ड’को माग