विराटनगर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनमा सिट बाँडफाँटको विषय बाहिर चर्चा गरिएजस्तो जटिल नभएको बताएका छन् । कार्यदललाई निर्वाचन क्षेत्रको अवस्था बुझेर भागबण्डाको खाका तयार गर्न निर्देशन दिइएकोले एक, दुई दिनमा नै बाँडफाँडबारे सहमति हुने प्रचण्डको दाबी छ ।
आज बिहान विराटनगर विमानस्थलमा पत्रकारहरुसँगको कुराकानीमा प्रचण्डले नागरिकता विधेयकबारे पनि भ्रम फैल्याउने काम भएको भन्दै असन्तुष्टि पोखे । विधेयकलाई राष्ट्रपतिसँग जोडेर अनावश्यक विवाद सृजना गर्न खोजिएकाले सतर्क रहनुपर्ने उनको भनाइ थियो ।
पार्टी पदाधिकारीमा महिलालाई उचित स्थान नदिएको बारे पत्रकारहरुको जिज्ञासामा प्रचण्डले पदाधिकारी सिनियरका आधारमा नियुक्ति हुने भन्दै स्थायी कमिटीमा एघार जना महिला नेतृलाई एकैपटक नियुक्त गरेर महिला सहभागिता सुनिश्चित गरेको दाबी गरे।
प्रचण्ड आज प्रदेश १ समन्वय केन्द्रको बैठकमा उपस्थित हुनेछन् । कार्यक्रममा सहभागी हुन वरिष्ट उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, सचिव राम कार्की लगायतका नेताहरु विराटनगर पुगेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १० भदौ २०७९, १२ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चुनावमा अन्तर्घात गर्नेलाई कारवाही गरेर पार्टी पुनर्गठन सुरु गर्ने ‘प्रचण्ड’को घोषणा
राज्यका सबै संरचनामा महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्छ : प्रचण्ड
रुकुम पूर्वबाट भारी मत सहित ‘प्रचण्ड’ विजयी
प्रचण्डको जित सुनिश्चित
भुमेको ४ वटा वडाको मत सार्वजनिक, प्रचण्डले एक हजार मतले लिड
शान्तिपूर्ण निर्वाचन गराएकोमा सरकारलाई प्रचण्डले दिए धन्यवाद